English | नेपाली

बिरुवा चिन्नुहोस्।
प्रणाली बुझ्नुहोस्।


PAATSALA विज्ञान, इतिहास, नीति र जिम्मेवार अभ्यासमार्फत क्यानाबिस बुझ्ने निःशुल्क सुरुवाती थलो हो।

पातशाला के हो?

Paatsala क्यानाबिससम्बन्धी भरपर्दो ज्ञान सहज रूपमा उपलब्ध गराउन, उपयोगी स्रोतहरू खोज्न र मानिसहरूलाई एकअर्कासँग जोड्न बनाइएको स्वतन्त्र सिकाइ मञ्च हो।

सिकाइ
ज्ञान बढाउनुहोस्। सीप विकास गर्नुहोस्।

स्रोतहरू
प्रमाण खोज्नुहोस्। उपयोगी जानकारी पाउनुहोस्।

सञ्जाल
मानिसहरूसँग जोडिनुहोस्। ज्ञान बाँड्नुहोस्। अवसर सिर्जना गर्नुहोस्।

निःशुल्क परिचयात्मक कोर्स

Paatsala आधारभूत कोर्स

१० कक्षा। निःशुल्क। आफ्नै गतिमा सिक्नुहोस्।

बिरुवाबाट सुरु गर्नुहोस् र इतिहास, कानुन, विज्ञान, स्वास्थ्य, जिम्मेवार प्रयोग, खेती, व्यवसाय र क्यानाबिसको भविष्यसम्म जान्नुहोस्।

सुरु गर्न केही जानिरहनु पर्दैन।

हाम्रो सोच

Paatsala को बाटो

ज्ञानले अवसर दिन्छ।
जिम्मेवारीले त्यसलाई टिकाउँछ।

कम नै राम्रो -
बिरुवाको सम्मान गरौं। बेच्न सकिन्छ भन्दैमा बढी प्रयोग गर्न प्रोत्साहन नगरौं। संयमित रहौं।

स्थानीय जात जोगाऔं - संरक्षण
स्थानीय विविधताको कदर गरौं। नयाँ जात ल्याउँदा जिम्मेवार बनौं।संरक्षण गरौं।

प्रकृतिसँग मिलेर काम गरौं
जीवित माटो, प्रकृतिमैत्री खेती र जनावरको हेरचाहलाई महत्व दिऔं।प्रकृति रोजौं।

निष्पक्ष व्यापार गरौं
किसान, कामदार, ग्राहक र समुदाय सबैको सम्मान हुने व्यवसाय बनाऔं।निष्पक्ष बनौं।

सँगै अगाडि बढौं
ज्ञान बाँडौं। प्रतिस्पर्धा हुँदा पनि अरूलाई सफल हुन सहयोग गरौं।सहकार्य खोजौं।

तपाईंको बाटो

सिकौं। कोर्स पूरा गरौं। जोडिऔं।

Paatsala Fundamentals बाट निःशुल्क सुरु गर्नुहोस्।

आधारभूत कुरा बुझ्नुहोस्, आफ्नो रुचिको क्षेत्र पत्ता लगाउनुहोस् र सिकाइलाई अगाडि बढाउनुहोस्।

०१ — सिकौं
१० वटा कक्षाबाट क्यानाबिसको आधारभूत कुरा बुझ्नुहोस्।

०२ — कोर्स पूरा गरौं
कोर्स पूरा गर्नुहोस् र प्रमाणपत्र पाउनुहोस्।

०३ — जोडिऔं
Paatsala नेटवर्कमा जोडिनुहोस् र आफ्नो रुचि, सीप र अवसर अरूसँग बाँड्नुहोस्।